किशोरी मृत्यु प्रकरणमा दुई व्यक्ति पक्राउ
काठमाडौँ । एक होटलमा बुटवल उपमहानर २ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल २० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
गत शनिबार दिउँसो बुटवल ३ गोलपार्कस्थित होटलको कोठामा सुदीक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शुक्रबार साँझ असिमसँगै होटलमा गएकी सुदीक्षालाई झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
मृतकका परिवारजनले असिमविरुद्धमा जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि श्रेष्ठ र अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख केसीले बताए ।
यसअघि इलाका प्रहरी कार्यालयले दिएको सूचनामा मृतकको नाम समीक्षा र उमेर १७ वर्षको भएको उल्लेख गरिए पनि मृतकका बुवाले दिएको जहेरीमा भने मृतक किशोरीको नाम सुदीक्षा रहेको र उमेर १६ वर्षको रहेको उल्लेख छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया