थाइल्यान्ड प्रस्थान गर्ने जुडो टोलीको बिदाइ
काठमाडौं । थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । सदस्य(सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको हौसल अभिवृद्धि गरे ।
क्याडेटमा २ र जुनियरमा २ गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । क्याडेटरजुनियरमा १(१ पुरुषरमहिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुनेछन् । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग ९पाम० को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।
टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्षसमेत रहेका जुडो युनियन अफ एसिया ९जेयुए० का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य रहेका छन् । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् । जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसँग बैंकक जाने छन् । साउन १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्यान्ड प्रस्थान गर्दैछ ।









‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
चितवनमाथि काठमाडाैंको सहज जित
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया