आईजीपी नियुक्ति विवाद : विश्वराज पोखरेलले दायर गरेको रिट खारेज
धिरज प्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपीमा धिरज प्रताप सिंहलाई गरिएको नियुक्त कानुनसम्मत नभएको भनी एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।
धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । सर्वोच्चले रिट खारेज गरेसँगै सिंह प्रहरीको आईजीपी कायम रहने भएका छन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको शुक्रबारको संयुक्त इजलासले सिंहलाई आईजी बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो।
शुक्रबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस सकेपछि सर्वोच्चले सरकारकी निर्णय सदर हुनेगरी रिट खारेज हुने फैसला सुनाएको हो ।
वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्धा दायर गरेका थिए । वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।











बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया