बर्खास्त हुने डरले राजीनामा दिँदै एआईजी पोखरेल !

काठमाडौँ । सर्वोच्च अदातलले रिट खारेज गरेसँगै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिने भएका छन् ।
सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसँगै पोखरेलले असन्तुष्टि जनाउँदै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो । रिट खारेजीसँगै उनले राजीनामा दिने मनसाय बनाएका हुन् ।
एआईजी पोखरेल निकट स्रोतका अनुसार उनले आइतबार वा सोमबार राजीनामा दिने तयारी गरेका छन् ।
बर्खास्तीको डर
आईजीपी नियुक्ति भएसँगै एआईजी पोखरेल एक महिना बिदामा बसेका थिए । त्यसपछि उनले पुनः बिदाका लागि निवेदन दिएका थिए । तर, आईजीपी सिंहले बिदा अस्वीकृत गरिदिएका थिए ।
एक महिनाको बिदा सकिएलगत्तै एआईजी पोखरेल आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालय गएका थिएनन् । उनी प्रहरीमा आफ्नो दायित्व पूरा गर्नुभन्दा सर्वोच्चमा परेको मुद्दामा बढी केन्द्रीत भएका थिए ।
सर्वोच्चमा आफूले दायर गरेको मुद्दाका लागि समय दिनु पर्ने भएकाले एआईजी पाखरेल तीनपटक बिदा बस्ने प्रयास गरेका थिए । तर, आईजीपी सिंहले उनको निवेदनलाई अस्वीकृत गरेको थियो ।
प्रहरीको नियमावलीअनुसार ४५ दिनसम्म कुनै कर्मचारी गैरहाजिर भए त्यो कर्मचारी स्वतः बर्खास्त हुने व्यवस्था रहेको छ । त्यही डर एआईजी पोखरेलमाथि पनि छ । आगामी साउन ८ गते पोखरेल गैरहाजिर भएको ४५ दिन पुग्दैछ । ४५ दिन पुगेपछि उनी नियमावलीअनुसार स्वतः बर्खास्त हुने छन् । बर्खास्त भएपछि पेन्सनसहितको सेवा सुविधा नपाउने व्यवस्था छ । त्यसैले पोखरेलले राजीनमा दिने भएका हुन् ।
वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्चको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदर हुने जिकिर रिटमा गरिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया