जसपामा रडाको : पार्टी बनाउन बाबुरामको निर्देशन, उपेन्द्रद्वारा बाबुराम समूह निष्कासन

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पार्टी पुनर्गठनका लागि अपिल गरेका छन् । उनले पार्टीमा देखा परेको अन्र्तविरोध अन्त्य भएको बताउँदै पार्टी पुनर्गठनमा लाग्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका हुन् ।
उता, जसपाका अध्यक्ष उपेन्द्र यादवले गत २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठकमार्फत भट्टराईसहित नौ जना नेताहरूलाई पार्टीबाट निष्कासनसम्मको कारबाही गरिसकेको छ ।
‘जसपामा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्य शैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्ने तहसम्म पुगेको कुरा सबैलाई ज्ञात नै छ’ अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८ र २९ गते सम्पन्न भएको छ ।’
अध्यक्ष भट्टराईले उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९ र ३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरी स्वैच्छाचारी शैलीमा केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको भन्दै विरोध गरेका छन् ।
उनले पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहेका सबै केन्द्रीय सदस्य तथा कार्यकर्तालाई पार्टी पुनर्गठनका लागि अपिल गरेका हुन् ।
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया