सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ
काठमाडौँ । काठमाडौँ महानगर १४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन ।
यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई गरेको जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा, पर्सा वीरगञ्जका राजिवकुमार सिंह, सिन्धुलीका नितिश राणा, सर्लाहीका रविन्द्र चौधरी, काठमाडौँ बस्ने भारत विहारका राकेशकुमार श्रीवास्तव, कीर्तिपुर बस्ने रौतहटका आकाश तामाङ, नागार्जुन बस्ने इलामका दोर्जे गुरुङ र काठमाडौँको दक्षिणकालीका राम तामाङ रहेका छन् ।
उक्त काउन्टरमा केही व्यक्तिले यात्रुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बिहीबार सडकबाटै जबरजस्ती तानी दुःख दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया