ठेचोको जात्राका लागि गोदावरीले दियो ५० लाख

ललितपुर । ललितपुरको ठेचोमा हरेक १२ वर्षमा मनाइने नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख दिएको छ । शनिबार आयोजित कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेला व्यवस्थापन समितिलाई चेक हस्तान्तरण गरेका हुन् ।
नवदुर्गा नाच वाङ्य कमिटी अध्यक्ष प्रशान्त मालीले गोदावरी नगरपालिकाले उपलब्ध गराएको रकमले १२ वर्षे मेला सञ्चालन गर्न सहज हुने बताए । उनले भने, ‘हाम्रो न्युनतम आकलनअनुसार अझै २६ लाख पुग्दैन, सहयोग जुटाउने कोसिस गर्दैछौँ ।’
नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाउँ सफासुग्घर राख्न आग्रह गरे । नगरपालिकाको १२ नम्बरका वडाध्यक्ष जगतबहादुर महर्जनले विभिन्न कमिटी बनाएर जात्राको तयारीमा लाग्न अनुरोध गरे ।
यही १० साउनदेखि सुरु हुने जात्रा आउँदो फागुनसम्म सञ्चालन हुने छ । जात्रा अवधिभर २८ वटा पुजा हुनेछन् भने ठेचो र सुनाकोठीबासीका लागि भोज खुवाइन्छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया