युएन मिसनको फोर्स कमान्डरमा उपरथी थापा नियुक्त
मेरोन्यूज
२०७९ असार ३२ गते १९:१०

काठमाडौं । संयुक्त राष्ट्र सङ्घ (युएन)ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रबार फोर्स कमान्डर नियुक्त गरेको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने गरी फोर्स कमान्डर नियुक्त गरेको हो ।
शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् ।
सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो । विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये नेपाल दोस्रो नम्बरमा छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया