गल्ती भईहाल्यो छोडिदिऊ, बामपन्थीहरु मिलेर सरकार बनाऔं : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
काँग्रेसको पुच्छर बनेर हिँडने, अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका हुन् ।
त्यसको जवाफ दिँदै उनले काँग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त तेस्र्याए । अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु बामपन्थी हुनै नसक्ने जिकीर गर्दै यदि छन भने एकताका लागि आफू तयार रहेको पटकपटक बताए ।
उनले काँग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए । अध्यक्ष ओलीले भने, ‘नेपालमा बामपन्थी पार्टीहरु छन भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोडन, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र बामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौंरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँडने अनि बामपन्थी पार्टी भनेर हुन्छ ? खै, बामपन्थी पार्टी ? कम्युनिष्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरु बामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही बामपन्थी हुनुहुन्छ भने आउनुस, गल्ती भईहाल्यो छोडिदिऊ । एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं ।’
ओलीले नेपालको इतिहासमै सबैभन्दा बढि मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे । २००७ सादेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियमाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए ।
अध्यक्ष ओलीले भने,‘हाम्रो देशशक्ति बनावटी कुरा होइन । हुनुहुँदैन । बनावटी कुराले राष्ट्रहितको संरक्षण र सम्वद्र्धन गर्न सकिदैन । अहिलेको सरकारको हालत हुन्छ बनावटी कुरा ग¥योभने । असंलग्न भन्दै ग¥यो, ढल्किन हुन्न भन्दै ग¥यो, पूरै ढल्क्यो । अहिलेकै सरकारको हालत हुन्छ क्या । नेपालको विदेशी नीति २००७ देखि २०१२ सालसम्म धेरै तल गयो । त्यसपछि बढ्दै घटदै आयो होला । अहिलेको समयमा यो गठबन्धन सरकारले जति सात १२ पछि अहिले जति राष्ट्रियताको, स्वाभिमानको, हााम्रो भौगोलिक अखण्डताको, हाम्रो स्वतन्त्रताको, हाम्रो सार्वभौमसत्ताको अपमान र हुर्मत कहिल्यै पनि भएको थिएन । प्रमाणसम्मत कुरा गरौैन । तथ्यसम्मत कुरा गरौन । सात सालपछि सम्झौता कसकसले गरे, केके गरे ? नेपाली काँग्रेसका नेताहरुलाई सम्झौंताबारे थाहा पनि छैन होला ।’
तथ्य र प्रमाणहरु आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोडनु परेको गुनासो समेत गरे ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया