सौदर्यकला व्यवसायलाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड

भक्तपुर । सौदर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौदर्य सम्बन्धी विषयलाई विद्यालय तहमा अध्ययन अध्यापनका लागि पाठ्यक्रममा राख्नुपर्ने बताएकी छन् ।
सौदर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको १५औं वार्षिक साधारणसभा तथा पाँंचौँ अधिवेशनको उद्घाटन गर्दै उनले अहिले जति राखिएको छ पाठ्यक्रममा त्यसलाई अझ बढाउँंदै लानुपर्नेमा जोड दिइन् ।
४२ वर्ष अगाडि आफूले सौदर्यकलाको व्यवसाय सुरु गर्दाको इतिहास सम्झँदै उनले अहिले यो व्यवसाय अझ बढी झाँगिँदै गएकोमा सन्तोष व्यक्त गरिन् । उनका अनुसार यो व्यवसाय अहिले बढेर ७० जिल्ला पुगेको छ । साथै यसबाट लाखौँ जना महिलाहरूले रोजगारी पाइरहेका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले समय अनुसार सौदर्यकला व्यवसायलाई पनि अगाडि बढाउनुपर्ने बताए । समय अनुसार यो व्यवसायलाई पनि परिमार्जन गर्दै अगाडि बढ्न सके सफलता मिल्ने उनको विश्वास थियो । उनले अव हरेक महिलाले कुनै न कुनै व्यवसाय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले व्यवसाय गर्दा सरकारले निर्धारण गरेका नियम कानुनको पूर्ण पालना गरी सरकारी सहुलियतलाई सदुपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा संघकी अध्यक्ष समिता ध्वजू श्रेष्ठले संस्था जन्माउन जति गाह्रो छ, त्यो भन्दा हुर्काउन उति नै गाह्रो हुने अनुभव सुनाइन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया