नागरिक लगानी कोषले बढायो ब्याजदर
मेरोन्यूज
२०७९ साउन १ गते ७:५४

काठमाडौं । नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो ।
जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम गरेको छ ।
आवास कर्जा र शैक्षिक कर्जामा पनि ब्याजदर बढाएर १०/१० प्रतिशत तोकिएको छ । सरल कर्जा र सवारी कर्जामा समान १० दशमलव ५ प्रतिशत ब्याजदर पुर्याइँदा उपदान योजना कोष, लगानीकर्ता अवकाश कोष र राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बिमा कोषको ब्याजदर भने समान ७ दशमलव ५ प्रतिशत तोकिएको सूचनामा उल्लेख छ ।
८० प्रतिशत सापटी लगानीकर्ता अवकाश कोषमा ९ दशमलव ५ प्रतिशत ब्याजदर तोकिँदा नागरिक एकांक योजनाको ब्याजदर ९ प्रतिशत तोकिएको छ ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया