सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्तायो : शंकर पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले जर्वजस्त भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् । पोखरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाको भारत भ्रमण र भारतमा भएको भेटघाटले नेपालमा भारतीय हस्तक्षेप निम्ताउने काम गरेको बताएका हुन।
‘सत्तागठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भएको छ,’ एमाले महासचिव पोखरेलले भने,–‘नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न भाछ भनेपछि राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ ?’
विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाए ।
‘पछिल्लो समय अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको प्रश्न उठिसकेपछि, यो यति गम्भीर विषय हो कि कुनै बेला २००७ साल पछाडि नेपालको क्याबिनेटमा भारतीय कूटनीतिज्ञ राख्ने चलन थियो भन्ने कुरा इतिहासमा पढ्ने गर्छौं, गठबन्धनले मुलुकलाई त्यही बाटोमा लान खोज्दै छ ।’ महासचिव पोखरेलले भने ।
उनले भने, ‘अर्थतन्त्र जस्तो संवेदनशील विषयमा अवान्छित व्यक्तिहरुको सहभागीतामा बजेट निर्माण गर्ने खालको कामले समग्र राष्ट्रको शीर झुकेको छ भन्ने मलाई लाग्छ, त्यसैको श्रृंखलाको रुपमा आज सत्ता गठबन्धन फेरि दिल्ली पुग्या छ ।’
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया