कालोधनलाई सेतो बनाउन गभर्नरमाथि प्रहारः महासचिव पोखरेल

पोखरा । एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन् ।
पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्राेत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुण्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालोधनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधको विरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे ।
एमालेको अर्थ विभागमा उनै गभर्नर अधिकारीलाई राखिएको पत्रकारको प्रश्नबारे गलत होहल्ला फैलाइएको उनको दाबी छ । ‘राजधानीमा फेक न्युजका कारखाना हुन्छ । त्यही कारखानाले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उनले भने, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो । वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यहि हो ।’
उनले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी भनेको दाबी गरे । तर अधिकारीले भने आफूलाई विभागमा रहेको जानकारी नभएको बताइसकेका छन् । पोखरेलले अब नेपालका पार्टीहरू दुई लाइनमा ध्रुवीकरण हुनुपर्ने बताए । ‘धेरै पार्टी भएर मात्रै लोकतन्त्र हुँदैन । देशको समृद्धिका लागि गठबन्धनभन्दा ध्रुवीकरण राम्रो हो,’ उनले भने, ‘बुर्जुवाको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील नेतृत्व एमालेले गर्छ । अरु सबै पार्टी यसैमा ध्रुवीकरण भए हुन्छ ।’
माओवादी र एकीकृत समाजवादीलाई समेत एमालेमा पुनः एकीकरण गराउने विषयमा पत्रकारले सोधेको प्रश्नमा पोखरेल भन्छन्, ‘हामी नीति र नेतृत्वमा विश्वास राख्छौं । उहाँहरू त्यसमा सहमत हुनुहुन्छ भने ठिक छ । तर यही अवस्थामा एकीकरण सम्भव छैन ।’
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया