अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक विरामी परेपछि आज (सोमबार)लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ ।
एन्फा महासचिव किरण राईले न्युज कारखानासँग कुराकानी गर्दै आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौं,’ राईले भने ।
साधारणसभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो ।
पहिलो बैठक एजेन्डाविना बोलाएर विवादास्पद नियुक्ति गरेपछि अहिले अध्यक्ष निकै दबाबमा छन् । आजको बैठकमा समेत केही एजेन्डामा अध्यक्ष अर्को दबाबमा आएका थिए । विभिन्न नियुक्तिले अहिले एन्फा राजनीतिमा पेचिलो बनेको छ । जसमा नेम्वाङ पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक तथा विदेश विभाग प्रमुख नवीन पाण्डेको चर्को दबाबमा पर्दै आएका छन् ।
थापाले आफ्ना छोरा गौरव र पाण्डेले आफू निकट रहेका निर्वाचन समितिका सदस्य बद्रि भट्टराईलाई नियुक्त गर्न ठूलै दबाब दिँदै आएका छन् ।
















कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया