दुर्घटनाबाट चितवनमा १४० को मृत्यु

काठमाडौँ । चितवनमा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा १०६ पुरुष, ३३ महिला, ११ बालक र एक बालिका रहेका छन् । कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा ८१० सवारी साधन परेका छन् ।
सवारी साधनमा मोटरसाइकल ४१० रहेका छन् । जिप कार ११२ ट्रक, ट्याङ्कर १०३ वटा, बस ५७, शारीरिक शक्तिबाट चल्ने ५४ वटा, ट्र्याक्टर २२ दुर्घटना भएका छन् । टेम्पो २०, माइक्रो १६, टिपर आठ र अन्य सात सवारी साधन दुर्घटनामा परेको अधिकारीले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कअनुसार २६५ गम्भीर घाइते भएका छन् भने ७०६ सामान्य घाइते भएका छन् ।
गत आवमा सवारी साधनले किचेर ३४ चौपाया मरेको कार्यालयले जनाएको छ । आव २०७७-०७८ मा जिल्लामा ४३५ दुर्घटना भएको थियो । ती दुर्घटनामा १२८ को मृत्यु भएको थियो भने २९० गम्भीर घाइते भएका थिए । छ सउ ६४ वटा सवारी साधन दुर्घटना हुँदा ४१३ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयका प्रमुख अधिकारीले बताए । मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण र वातावरणीय कारण रहेका छन् । मानवीय कारणअन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ती रहेको छ । सडकको अवस्थामा घुम्ती मोड, उकालो÷ओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् ।
यान्त्रिक गडबडी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाइट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणले दुर्घटना हुने गरेको अधिकारीले जानकारी दिए । जिल्लामा मुख्य सडकमा भन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको भन्दै उनले यसलाई रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
गत आर्थिक वर्षमा भित्री सडकमा मात्रै २४२ दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गमा १२३, नारायणगढ मुग्लिन सडकखण्डमा ८५, शहरी सडकमा ४९ र पृथ्वी राजमार्गमा ३१ दुर्घटना भएको उनले बताए ।
कार्यालयले गत आवमा ३८ हजार ६२२ सवारी साधनलाई कारबाही गरी तीन करोड ३० लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एक वर्षमा ११ हजार २३१ मोटरसाइकललाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
















अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया