पेरिसको एउटा बारमा गोली चल्यो
मेरोन्यूज
२०७९ साउन ३ गते ७:१२

पेरिस । फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ ।
दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् । अर्को संदिग्ध फरार रहेको जनाइएको छ ।
उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन् । उनका अनुसार एक जना ग्राहकले एक जना संदिग्धलाई समात्न सफल भएका थिए । आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया