बुधबार, माघ २८, २०८२

कांग्रेस संस्थापनले युनियन अध्यक्षको दियो टिकट अनिता बिन्दुलाई

मेरोन्यूज २०७९ साउन ३ गते १२:००

काठमाडौं । नेपाली कांग्रेसको नेपाल प्रेस युनियनको संस्थापन पक्षले अध्यक्षमा अनिता बिन्दुलाई उठाउने भएको छ।
नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्षसमेत रहेकी बिन्दुलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले युनियन अध्यक्षमा उठाउने निर्णय गरेको हो। अध्यक्षको दौडमा रहेका अर्का दाबेदार सरोजराज अधिकारी अब वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन्।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ। त्यस्तै महासचिवमा दाबी गरेका केशव सावद अब उपमहासचिवमा लड्ने भएका छन्।

उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ।

त्यसैगरी,अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन्।

युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन्। इतरबाट महासचिवमा नकुल अर्याल, दिलिप पौडेल,खिला कार्की र रमेश वाग्ले दौडमा छन्।

युनियनको उपमहासचिवको दौडमा रबिन्द्र सुवेदी, युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन्। कोषाध्यक्षमा माधव धिताल, पदमराज जोशी , जानुका बराल र मित्र भण्डारी दौडमा छन् । सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, लालकुमार मोक्तान,टीकाराम सुनार र एलपी देवकोटा पनि दौडमा छन्। हेटौँडामा आगामी ६ र ७ गते हुने महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने भएको छ।।

प्रतिक्रिया