पोखरामा झण्डै ५ अर्ब राजश्व संकलन

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७८-०७९ मा कूल पाँच अर्ब १० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा चार अर्ब ४० करोड मात्र राजश्व संकलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजश्व संकलन बढेको छ । पोखरा आन्तरिक राजश्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८-०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजश्व संकलन भएको बताए । उनले मूल्य अभिवृद्धि कर भने लक्ष्यअनुसार संकलन हुन नसकेको बताएका थिए ।
प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय, प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकाले मूल्य अभिवृद्धिकर कम भएको बताए । उनले राजश्व संकलन वृद्धि दरअनुसार कमै भए पनि यो रकम सन्तोषजनक मान्नु पर्ने बताए ।
आन्तरिक राजश्व कार्यालय पोखरामा हाल करदाता एक लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताए ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया