शनिबार, माघ ३, २०८२

पोखरामा झण्डै ५ अर्ब राजश्व संकलन

मेरोन्यूज २०७९ साउन ३ गते १४:४९

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७८-०७९ मा कूल पाँच अर्ब १० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा चार अर्ब ४० करोड मात्र राजश्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजश्व संकलन बढेको छ । पोखरा आन्तरिक राजश्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८-०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजश्व संकलन भएको बताए । उनले मूल्य अभिवृद्धि कर भने लक्ष्यअनुसार संकलन हुन नसकेको बताएका थिए ।

प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय, प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकाले मूल्य अभिवृद्धिकर कम भएको बताए । उनले राजश्व संकलन वृद्धि दरअनुसार कमै भए पनि यो रकम सन्तोषजनक मान्नु पर्ने बताए ।

आन्तरिक राजश्व कार्यालय पोखरामा हाल करदाता एक लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताए ।

प्रतिक्रिया