विराटनगरबाट अपहरित एक वर्षीया बालिकाको भारतको दरभंगामा सकुशल उद्धार
अपहरित बालिकाका बाबुकै प्रेमिका अपहरणकारी, अपहरणकारी महिला पनि प्रक्राउ

मोरङ । विराटनगरबाट दुई दिन अगाडी अपहरणमा परेकी एक वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । भारतको दरभंगाबाट प्रहरीले ति बालिकाको सकुशल उद्धार गरेको जनाएको छ । अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसा सोमबार अपहरणमा परेकी थिइन् । अपहरणकारी बालिकाको बाबु दीपेन्द्रको प्रेमिका रहेको खुलेको पनि प्रहरीले जनाएको छ ।
यधपी बालिका र अपहरणकारीलाई अहिले विराटनगर ल्याउने क्रम चलिरहेकोले थप अनुसन्धानपछि बताउने प्रहरीले जनाएको छ ।
दीपेन्द्रको तीन वर्ष अगाडी ममता यादवसँग विवाह भएको थियो । त्यसपछि ममता अध्ययनका लागि काठमाडौं आएको र त्यही क्रममा दीपेन्द्रको अञ्जली साहसाग सामाजिक सन्जालमार्फत भेट भई प्रेम चक्कर चलेको र उनै प्रेमिकाले बालिका अपहरण गरेको खुलेको प्रहरीको भनाइ छ ।
अपहरणकारीले वालिकाको बाबुलाई बालिकालाई कपडा किनिदिने वाहनामा बोलाएर बालिकाको अपहरण गरेको खुलेको प्रहरीले बताएको छ ।
थप घटना विवरण आईसकेको छैन ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया