युरेनियम जस्तो देखिने पदार्थसहित मोरङबाट १५ जना पक्राउ

काठमाडौं । युरेनियम जस्तो देखिने पदार्थसहित मोरङ प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ जिल्ला घर भएका ४१ वर्षीय शिव शंकर पासवान, ३७ वर्षीय मुकेश कुमार साह, ४३ वर्षीय प्रदिप पुरी , ४० वर्षीय दिलिप कुमार शर्मा, ४६ वर्षीय फटिक कुमार कार्की, ४४ वर्षीय लक्ष्मण शर्मा, सोलुखुम्बु जिल्लाको माग्पे गाउँपालिका घर भएका ३५ वर्षीय गोपाल मगर, खोटाङ जिल्लाकोहलेसी नगरपालिकाघर भएका ३२ वर्षीय किरन राई रहेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोरखा जिल्लाको गण्डकी गाउँपालिका घर भएका ४५ वर्षीय जिवन गुरुङ्ग, मोहोत्तरी जिल्लाको मङ्हा नगरपालिकाघर भएका ४२वर्षीष् अब्दुल गनी खान, ३० वर्षीय चन्दन कुमार महतो, ४९ वर्षीय उमेश प्रसाद यादव, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका घर भएका ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर जिल्लाको बागमती गाउँपालिका घर भएका ३६ वर्षीय दिपक बहादुर भ्लोन र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका घर भएका २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरिएको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ७ जनालाई पक्राउ गरेको हो।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया