एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ ।
ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीवार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए ।
एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलोगरि शुरु भएको हो । ढिलो गरी शुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।
पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो । यसअघि गत सोमवारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचीत परेको नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ ।
चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिष्पर्धामा उत्रिएका थिए । साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया