यु-२० फुटबल टोलीको कप्तानमा आयुष घलान
मेरोन्यूज
२०७९ साउन ५ गते १७:२८

काठमाडौ । मिडफिल्डर आयुष घलानले यु-२० साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।
१८ वर्षीय युवा खेलाडी आयुशले ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनी एक वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।
भारतमा आगामी साताबाट आयोजना हुने प्रतियोगिता अघि घाइते भएका स्ट्राइकर दिपेश राईको स्थानमा रोहित सुब्बालाई समावेश गरिएको छ ।
नेपाली टोली शुक्रबार भारततर्फ प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालले माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
पाँच टोली सहभागिता प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि १८ साउनमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया