विमानको आकस्मिक अवतरणपछि चालकको मृत्यु

काठमाडौँ । इण्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो ।
सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्याइएको छ । सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, ‘पूर्वी जाभा प्रान्तमा रहेको जुआण्डा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए, उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो, उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ ।’
उनको के कारणले निधन भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन । उनले भने, ‘दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ः०० बजे उडिरहेको उडान नम्बर क्यूजी ३०७ को विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो ।’
मृतक विमान चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सीधै पठाइने जानकारी दिँदै पाइलटको परिवारलाई समवेदना व्यक्त गरे । स्थानीय सञ्चार माध्यमका अनुसार सिटिलिंकका अधिकारीले यात्रुहरूलाई विमानलाई आकस्मिक अवतरण गर्नु परेको कारण प्रष्ट पार्दै अर्को उडानको व्यवस्था गरेका थिए ।
उक्त विमानको सम्पूर्ण चालक दलका सदस्यलाई आराम गर्न दिई अर्को समूहलाई उडानका लागि खटाइएको थियो ।
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया