पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते
मेरोन्यूज
२०७९ साउन ५ गते २१:३५
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र माइक्रो गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् ।
काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो गाडी इच्छाकामना गाउँपालिका ३ मा एक आपसमा ठोक्किएको हो ।
दुवै सवारी साधनमा सवार यात्रुको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । माइक्रोका चालक घाइते भएका छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया