नेमकिपाको प्रस्ताव : लिखित अन्तर्वार्तापछि मात्रै नागरिकता
मेरोन्यूज
२०७९ साउन ६ गते १३:५९

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनुअघि अन्तर्वार्ता लिनु पर्ने प्रस्ताव गरेको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनु पर्ने भन्दै अन्तर्वार्तापछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन् ।
‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनु पर्छ, उसले देशप्रति बफादार रहेको लिखित गर्नु पर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्षपछि र बेलायतमा ६ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने व्यवस्था गर्नु पर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’
जारी बैठकमा सरकारले पेश गरेको नागरिकता विधेयकका बारेमा छलफल जारी छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया