सोमबार, वैशाख २१, २०८३

नरबहादुर धामीको प्रश्न- भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबितिक्कै किन ?

मेरोन्यूज २०७९ साउन ६ गते १४:३९

काठमाडौं । नेकपा एमालेका सांसद नरबहादुर धामीले नागरिकता विधेयक फास्ट ट्रयाक पारित गराउन नहुने भन्दै पुन: संसदीय समितिमा पठाउन माग गरेका छन् ।

Advertisement
NiccNicc

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्दै धामीले भू-राजनीतिक अवस्थाका कारण पनि नागरिकता विधेयकलाई ‘फास्ट ट्रयाक’ पारित गराउन नहुने तर्क गरेका छन् ।

उनका अनुसार भुटानमा सन्तानले नागरिकता पाइसकेपछि मात्र बाबुआमाले नागरिकता पाउने प्रावधान भएको नजीरलाई ख्याल गनुपर्ने धामीको प्रस्ताव छ । ‘नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत नागरिकता दिइने भन्ने संसदीय समितिमा सहमति भएको थियो, सरकारले त्यो विधेयक पारित गराउन प्रयास नगरेर अहिले किन त्यो व्यवस्था हटाएर नयाँ विधेयक ल्याइयाे ?,’ धामीले प्रश्न गरेका छन्, ‘त्यसैले यो विधेयकलाई आजै नै पारित नगरेर संसदीय समितिमा फिर्ता पठाइयोस् ।’

नागरिकता जस्तो संवेदनशील विषयलाई हचुवाको भरमा पारित नगर्न उनले माग पनि गरेका छन् । 

प्रतिक्रिया