राप्रपा नेपालका जनवर्गीय संगठन सडक प्रर्दशनमा, कमल थापा पनि सहभागी

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रुपमा काठमाडाैँमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति छ ।
सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन् ।
माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्वप्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतका जनवर्गीय संगठनहरूको प्रदर्शनमा सहभागीता छ ।
राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रित आन्दोलन सुरु गरेको महामन्त्री बर्तौलाले बताए । उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया