वृद्धभत्ताबारे ओलीको प्रश्न : ‘७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ?’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन् ।
शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए ।
उनले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गरे । उनले काँग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहो¥याए ।
ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवद्र्धनलाई बढावा दिने नीति लिएको बताए । उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन । हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार ग¥यौं । त्यसमा सुविधाका कुराहरु अगाडि बढायौं । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राईभेटाईजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौं । हामीले निजी क्षेत्रलाई पनि संगै लिएर हिँडने नीति, प्रोत्साहित गर्ने नीति लियौं तर कौडीमा मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो ।’
ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गर्नु भयो । ओलीको सम्बोधन जारी छ ।

















Deaths in Iran’s crackdown on protests reach more than 7,000, activists say
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा
Memories of People’s War become refreshed: NCP Coordinator Dahal
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया