केपी ओली भन्छन्-‘भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको गुनासो गरेका छन् । सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको उनले आरोप लगाए ।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा ओलीले भने, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई सहिद मान्दैन ।’
भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने ओलीको टिप्पणी थियो । दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको पनि उनले बताए ।
‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो । उनले बम हानेका थिए कि थिएनन् त्यो बेग्लै कुरा हो । हानेका थिए भने त्यो कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भने ।
कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भिम नारायण श्रेष्ठहरु सहिद भनेको भए पनि कांग्रेसले उनीहरुलाई नसम्झिने गरेको पनि ओलीको आरोप छ ।
‘सत्ता स्वार्थका कारण कांग्रेसले आफ्नै आदरणीय नेताहरुलाई फाँसी दिइँदा वक्तव्यसम्म जारी गर्न सकेन । सामान्य प्रतिक्रिया पनि दिन सकेन,’ ओलीले भने ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया