वृश्चिकलाई सोचेभन्दा बढी लाभ, तपाईंको दिन कस्तो ?

आज ८ साउन २०७९, आइतबार । तद्नसार जुलाई २४ । श्रावण कृष्णपक्ष एकादशी, आजको एकादशीलाई कामिका एकादशी भनिन्छ । चातुर्मास महिनाको यो दोस्रो एकादशी हो । साउन महिनाको एकादशी भएकाले पनि आज निकै महत्वपूर्ण एकादशी मानिन्छ ।
एकादशीको दिन अन्न ग्रहण निषेध गरिएको छ । एकादशीको व्रत बस्ने व्यक्तिले फलाहार मात्र सेवन गर्न सकिन्छ । बालव करण, रोहिणी नक्षत्र, बृद्धि योग, चन्द्रमा वृष राशिमा छ । आज बिहान सूर्योदय ५ः२३ भएको छ भने सूर्यास्त ६ः५९ हुनेछ । बिहान ११ः४४ देखि १२ः३८ सम्म अभिजित मुर्हूत हुनेछ ।
आजका देवता सूर्य र ग्रहदेव बुध हुन् । आइतबार बिहान सूर्योदयको दर्शन गर्दा साताभर शुभ हुनेछ ।
मेष
आज व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट नयाँ कार्यायोजनाका निमित्त सहयोग पाउनुहुनेछ । मेष राशिका जातकका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । बिहान सूर्यको दर्शन गरेर काम शुरु गर्दा दिनभर कार्यसिद्धि हुनेछ ।
वृष
आजको दिन अनुकुल छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टी रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन
आज परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । मिथुन राशिका जातकले आज मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।
कर्कट
आफन्त र मित्रजनबाट साथ असहयोग पाउनु हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नसक्छ । आफूले गरिरहेको व्यापार व्यवसायबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुहोला । मौन रहनु होला ।
सिंह
आज मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने छ । मनमा विजय प्राप्तिको खुसी छाउने छ । सोच विचार र मनमा अह्कार बढ्न सक्छ । त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नु होला । कसैसँग विवाद हुन लाग्यो भने जल सेवन गर्नुहोला ।
कन्या
दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । अर्थ लाभ हुन सक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । सिर्जनात्मक कार्यमा मन लाग्नेछ ।
तुला
इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनाव हुनसक्छ । आज कसैसँग विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन् । हानी हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले कार्य सफलता मिल्नेछ ।
वृश्चिक
व्यापारबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ । घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।
धनु
आफन्तलाई भेट गर्दा साथ सहयोग हुनक्छ । नजिकको देवालय वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।
मकर
आज उत्तम दिन छ । व्यापार व्यवसाय, लेखन र तपाईले विगतदेखि गर्दै आएको जे काम भए पनि लाभ हुनेछ । शिवालयमा गएर फलफूल प्रदान गर्नुहोला । परिवारका सदस्यलाई बस्त्र किनेर दिनुहोला ।
कुम्भ
बिहान सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आज बालबालिकालाई मीठा खानेकुरा दिनुभयो भने निकै खुसीयाली छाउने छ ।
मीन
मीन राशिका जातका लागि आजको दिन उत्तम हो । आज नभुलिकन बिहान सूर्योदयको दर्शन गरेर काम गर्नु भयो भने दिन फलदायी हुनेछ । व्यापार व्यवसायबाट आंशिक सफलता भए पनि अध्ययन अध्यापनमा लाग्ने मीन राशिका जातकका लागि सफलता मिल्नेछ । आजको दिन बनेका कार्य योजना सफल हुनेछ । गृहस्थ कर्ममा लाग्नुहोला ।














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया