ब्रिटिश कलेजद्वारा पहिलो ‘टीबीसी मार्केट प्लेस’ सञ्चालन

काठमाडौँ । ब्रिटिस कलेजले बीबीए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीका लागि टीबीसी मार्केटप्लेस कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीको शैक्षिक पाठ्यक्रमअनुसार उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यार्थीले स्टलमार्फत उक्त कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
थापाथलीस्थित ट्रेड टावर भवनको भुइँ तलामा भएको उक्त कार्यक्रममा विद्यार्थीलाई व्यवसाय, प्रायोजन प्राप्त गर्ने, ब्राण्डिङ-डिजाइन र उत्पादन बिक्री गर्ने जिम्मेवारी दिइएको थियो । उनीहरूको कार्यक्रममा मूल्यांकन गरी असाइनमेन्टमा ४० प्रतिशत नम्बर दिइएको छ ।
बीबीए प्रोग्रामका प्रमुख सौरभ सत्यालले भने, ‘टीबीसीको कार्यक्रममा हामी उत्साहित भएका छौँ, यसले विद्यार्थीलाई यथार्थबारे प्रोत्सान गरेको छ, यसले उनीहरूको सिकाइदेखि लिएर शिक्षामा समेत उन्नत्ति गर्ने अपेक्षा गरेका छौँ ।’
यी स्टलहरू बिहान ८:३० बजेदेखि दिउँसो ४ बजेसम्म खुला हुनेछ । यहाँबाट गरगहना, पेन्टिङ, कस्मेटिकलगायतका विभिन्न सामाग्री पाउन सक्ने छन् ।














भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया