चार जिल्लामा डुबेर चार जनाको मृत्यु

काठमाडौं । अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र मोरङमा डुबेर चार जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखता बस्ने २० वर्षीय बिक्रम खनालको सितगंगा नगरपालिका–१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर बिक्रम बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अचेत अवस्थामा उनलाई फेला पारेको थियो ।
उनको सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रूपन्देहीको कञ्चन गाउँपालिका–१ हात्ती बजार बस्ने ७ वर्षीया रीतु गमालको सोहीठाउँस्थित नमुना सामुदायिक वनमा रहेको पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।
साथीहरूसँग खेल्दै जाने क्रममा चिप्लिएर उक्त पोखरीमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका–८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
खेतमा काम सकी उक्त पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको बताइएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलिप सुतियारको तीन वर्षीय छोरा राहुल सुतियारको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।
पोखरिमा डुबेर अशक्त अवस्थामा फेला परेका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया