नेपालले खरानी-गन्द्रुक पनि किनेको सुन्दा अचम्मित छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख सापकोटाले अहिले राष्ट्रमा काठमाडौँ र धरानलगायतका स्थानमा युवाहरूको आवाजरुपी संकेतको रुप देखा परेको बताएका थिए । उनले युवाहरूको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको दाबी गरे ।
यस्तै, उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा दुई खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । उनले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए ।
‘हामी कति विडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौँ, नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ, तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं,’ उनले भने, ‘जनै लाउँछौँ, तर नलगाउने चीनबाट पठाइदिन्छन् राखी त्यस्तै, खरानीसमेत नेपालमा आयात हुन्छ, यो सुनेर आफैं अचम्मित छु, दुई खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं, योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’
सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरू एकपछि अर्को गरेर गम्भीर रुपमा देखा परिरहेको उल्लेख गर्दै यसलाई समाधान गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताए । उनले जलवायु परिवर्तनका अकल्पनीय घटना
भइरहेको बताएका थिए ।














भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया