एसईईको नतिजा स्पारोव एसएमएसबाट हेर्न सकिने
मेरोन्यूज
२०७९ साउन ९ गते १६:४७

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हेर्नका लागि एसएमएस सेवा उपलब्ध गराउन स्पारोव एसएमएससँग सम्झौता गरेको छ । एसईईका विद्यार्थीले एसएमएसमार्फत नतिजा हेर्न सक्ने छन् ।
स्पारोव आधिकारिक रुपमा एसएमएस सेवा प्रदायक कम्पनी हो । एक दशकदेखि यसले प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ । यो साझेदारीसँगै अब नेपालभरका एसईईका विद्यार्थी र अभिभावकले सहज रूपमा एसएमएसमार्फत आफ्नो नतिजा हेर्न सक्ने छन् ।
विद्यार्थी र उनीहरूको नतिजाबीचको दूरी कम गर्ने उद्देश्यले स्पारोव एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गराउने भएको छ ।
यसबाट नतिजा हेर्नका लागि आफ्नो मोबाइलको एसएमएस बक्समा गएर आफ्नो सिम्बोल नम्बर टाइप गरी एउटा स्पेस दिनुहोस् । यसपछि ३५००१ मा एसएमएस गरी हेर्न सकिन्छ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया