खानामा सर्पको टाउको फेलापरेपछि…

अंकारा । टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी ब्लग वन माइल एट अ टाइमलाई इन्डिपेन्डेन्टले उद्धृत गरेअनुसार जुलाई २१ मा टर्कीको अंकाराबाट जर्मनीको डसेलडोर्फको सनएक्सप्रेसको एउटा उडानमा उक्त घटना भएको हो ।
आलु र तरकारीको बीचमा सानो सर्पको टाउको छोपिएको देख्दा आफूहरू चकित परेको चालक दलका सदस्यहरूले बताएका छन् । ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा सर्पको काटिएको टाउको खानाको ट्रेको बीचमा देख्न सकिन्छ ।
उक्त डरलाग्दो चिज देखेपछि एयरलाइनले तत्काल प्रतिक्रिया जनाएको थियो । टर्की प्रेसका अनुसार एयरलाईनका लागि उक्त घटना बिल्कुलै अकल्पनीय थियो । वायुसेवा कम्पनीले खाद्यान्न आपूर्तिकर्तासँगको आफ्नो सम्झौता स्थगित गरेको छ भने उक्त घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।
यसैबीच, एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा प्रदान गरिने खानेकुरा उच्च गुणस्तरको हुनुपर्ने जनाएको छ । ‘उड्यन उद्योगमा ३० वर्षभन्दा बढी अनुभव भएकोले हामीले हाम्रा पाहुनाहरूलाई हाम्रो विमानमा प्रदान गर्ने सेवाहरू उच्च गुणस्तरको होस् र हाम्रा पाहुना र कर्मचारीहरू दुवैलाई सहज र सुरक्षित उडानको अनुभव होस् भन्ने हाम्रो उच्च प्राथमिकता हो’ एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया