मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोकिए आश्चार्य नमाने हुन्छ : आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते संघ र प्रदेशसभा निर्वाचनको मिति तोकिने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब बस्ने मन्त्रिपरिषदको बैठकले आगामी मंसिर ४ गते निर्वाचनको मिति तोक्ने बताएका हुन् ।
‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा निर्वाचन गर्ने गरी मिति तय गरिसकेको छ,’ आयुक्त थपलियाले भने, ‘आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने व्यवस्थाअनुसार यति भनुँ आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचनको मिति तोकिए यहाँहरूले आश्चार्य नमाने हुन्छ ।’
यस्तै, निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा योजनाभन्दा दुई अर्ब रुपैयाँ कम खर्चमा भएको जनाएको छ । आयुक्त थपलियाले अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा गत वैशाखमा भएको निर्वाचनमा करिब दुई अर्ब रुपैयाँ कम खर्च भएको बताए ।
उनले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दा मितव्ययी गरी खर्च गरेको दाबी गरे ।
















‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया