निर्वाचन आयोगको तथ्यांक : लोकप्रिय मतमा कांग्रेस पहिलो, नेकपा एस पाँचौ

काठमाडौँ । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न गरेको स्थानीय तहको निर्वाचनअनुसार नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । आयोगले स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको हो ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कांग्रेसले नेकपा एमालेको भन्दा एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको बताएका हुन् । आयोगले वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा दलको लोकप्रिय मतको गणना गरेको थियो ।
आयोगको विवरणअनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको हो । कांग्रेसले कूल मतको ३४.२८ र एमाले ३३.०३ प्रतिशत पाएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाउँदा जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया