सयपत्री हाइड्रोपावरको आईपीओ खुल्दै
मेरोन्यूज
२०७९ साउन ११ गते १०:३३

काठमाडौं । सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् । १७ साउनभित्र आवेदन दिनुपर्नेछ ।
आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया