पेलोसीको ताइवान भ्रमणको हल्लाले बेइजिङ क्रुद्ध
न्युयोर्क । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको हल्लाले चीन क्रुद्ध बनेको छ । सभामुख पेलोसीले आगामी साता ताइवानको भ्रमण गरेमा त्यसले ‘गम्भीर परिणाम’ निम्त्याउने सोमबार चीनले चेतावनी दिएको छ । श्रीमती पेलोसी सन् १९९७ पछि स्वशासित टापुको यात्रा गर्ने उच्च श्रेणीको अमेरिकी राजनीतिज्ञ हुनेछिन् ।
चीनले स्वशासित ताइवानलाई आफूबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै पुनः देशको हिस्सा बन्ने विश्वास गर्छ । यो उदेश्य प्राप्तिका लागि उसले सम्भावित बलसमेत प्रयोग गर्ने उसले संकेत गर्दै आएको छ ।
तर, विदेश मन्त्रालयले श्रीमती पेलोसीले कुनै यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी दृष्टिकोण अपरिवर्तित रहेको जनाएको छ ।
पेलोसीले पनि भ्रमणबारे केही भनेकी छैनन् तर ताइवानलाई सहयोग गर्नु महत्वपूर्ण हुने उनले बताउँदै आएकी छिन् । पेलोसी अप्रिलमा ताइवानको भ्रमण गर्ने योजना बनाएकी थिइन् । तर, कोभिड पोजेटिभ देखिएपछि उनले आफ्नो योजना स्थगित गरेकी थिइन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया