चिकित्सा शिक्षा आयोगद्धारा छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन
मेरोन्यूज
२०७९ साउन ११ गते १३:१५

काठमाडौं । चिकित्सा शिक्षा आयोगले पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
आयोगले सूचना जारी गर्दै शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि आवेदन माग गरिएको हो ।
नेपालीका लागि एमबीबीएसमा १०, बीडीएसमा ८ र डी फार्मेसीमा १ सिट कोटा छ । पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ ।
आयोगले सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाइन आवेदन पेश गर्न सक्ने जनाएको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया