गहुँ र चिनीको निर्यात सहज बनाइदिन भारतलाई नेपालको आग्रह

काठमाडौं । नेपालले भारतबाट हुने गहुँ र चिनीको निर्यात सहज बनाइदिन आग्रह गरेको छ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार परराष्ट्र मन्त्रालयमार्फत भारतीय समकक्षी मन्त्रालयलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।
भारतले सम्भावित खाद्य संकटलाई मध्यानजर गत १८ जेठमा चिनी र ३० वैशाखमा गहुँ निर्यातमा रोक लगाएको थियो । भारतले उक्त निर्यात नेपालका लागि मान्य नहुने बताए पनि आयात प्रभावित भएको उद्यागी व्यपारीहरुले गुनासो गर्दै आएका छन् ।
चिनी, गहुँ र गहुँको पिठोजन्य वस्तुको निर्यात सहज बनाईदिन आइतबार भारतलाई पत्राचार गरिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।
‘नेपाली उद्योगी तथा व्यवसायीले कच्चा पदार्थको रुपमा आयात गरिने गहुँ आयात प्रभावित हुँदा समस्या भएको गुनासो पछि भारतलाई पत्राचार गरिएको हो ।’ सहप्रवक्ता केसीले भनिन्, ‘आइतबार परराष्ट्रमार्फत भारतलाई पत्राचार गरेका छौं ।’
भारतले प्रतिबन्ध नेपालका लागि मान्य नहुने बताए पनि नेपाली उद्योगीहरुले आयात प्रभावित भएको गुनासो गरेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७८र७९ मा नेपालले ६ अर्ब २५ करोड मूल्य बराबरको १८ करोड ९४ लाख किलो भन्दा धेरै मात्रामा गहुँ आयात गरेको भन्सार विभागले जनाएको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया