लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्री प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाज्यू समक्ष आज मिति २०७९/०४/११ गते पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठज्यूले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे« बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पु¥याउनु भए पश्चात विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आउनु भएको छ । उहाँको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।
शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक श्री बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया