ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझायो २० वटा चोरीका मोटरसाईकल

काठमाडौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएका छन् ।
ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक ((एसएसपी)राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गरेको हो ।
विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निबेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी भट्टले बताए ।

उनले भने“हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।”
थप प्रष्ट पार्दै प्रवक्ता एसएसपी भट्टले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजग हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे ।

मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया