नागरिकता दिने खुकुलो प्रावधानले संगठित अपराध बढ्न सक्छः खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्न सक्ने बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए ।
‘कल सेन्टरको नाममा चिनियाँहरूको साइबर अपराध र भारतीय ठग्न चिनियाँले नेपाली खटाउने शीर्षकका यसै साता प्रकाशित दुईवटा प्रतिष्ठित अनलाइन खबरका समाचार पढ्दा खुकुलो नागरिकताको प्रावधानको कारण नेपालमा अब झन् संगठित किसिमले अपराध बढ्ने हो कि भन्ने चिन्ता पैदा भएको छ । दोहोरो नागरिकताको सम्भावना त छँदैछ,’ देवकोटाले भने ।
भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे ।
‘भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने हामी ६ महिना पनि कुर्न सकेनौँ । पुग-नपुग ३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको अति नै सानो अंश यता उता गर्दा नेपालको हालत के होला ?’ देवकोटाले भने, ‘हामीले यो पाटोलाई गम्भीर रूपमा हेरेनौँ । विश्लेषण गरेनौँ ।’
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया