युवा रक्षक जुलेस कोउन्डे बार्सिलोनामा
मेरोन्यूज
२०७९ साउन १३ गते ८:३७

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५०मिलियन युरोमा अनुबन्ध गरेको छ ।
क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेको सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ ।
सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन् । उनले नेसन्स लिगमा स्पेनविरुद्ध डेब्यु गरेका थिए ।
युवा रक्षकलाई भित्राउन इंग्लिस क्लब चेल्सी समेत अग्र स्थानमा रहेको थियो । कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । सन् २०१९ मा बोर्डेउक्सबाट सेभिया आएपछी कोउन्डेले युरोपा लिगको उपाधी हात पारेका थिए ।
प्रशिक्षक जाभिले कोउन्डे अघि पोल्यान्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ब्राजिल स्ट्राइकर राफिन्हा, डेनमार्क डिफेन्डर क्रीस्टेन्सनलाई अनुबन्ध गरिसकेका छन् ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया