लमजुङमा २२ हजार बढीले गरे स्वास्थ्य बीमा

लमजुङ । लमजुङमा ०७७ माघदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ०७९ चैत मसान्तसम्म २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका नागरिकको सहभागिता क्रमिक रूपमा बढ्दै गएको छ ।
जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी अनुपमा रेग्मीका अनुसार स्वास्थ्य विमामा आवद्धमध्ये जेष्ठ नागरिक ५२ सय ११ जना, महिला स्वास्थ्य स्वयंसेविका २२२ जना, क वर्ग पूर्ण अशक्त अपांगता भएका २३० जना र एचआईभी संक्रमिति ५८ जना छन् । सोबाहेक कुष्ठरोग देखिएका एकजना छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत एक हजार बढी परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जसमध्ये ख वर्ग अति अशक्त अपांग परिवारतर्फ ९९२ जनाले स्वास्थ्य विमा गराएका छन् भने सहिद परिवारतर्फ १६, द्वन्द्वपीडित परिवारतर्फ २४ र मिर्गौलापीडित परिवारतर्फ पाँचजना स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।
प्रदेश सरकारले सम्वन्धित वडा तथा पालिकामा रहेका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आवद्ध हुन, अशक्त अपांग परिवार, सहिद परिवार, द्वन्द्वपीडित र मिर्गौलापीडित परिवारलाई आग्रहसमेत गरेको छ । कार्यक्रमका लागि जिल्लामा ७१ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङका दर्ता अधिकारी रेग्मीले वताइन् ।
स्वास्थ्य बीमामा आवद्ध हुन पाँचजनासम्म सदस्य रहेको परिवारले वार्षिक ३५ सय र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ ।
बीमामा आवद्ध भएका पाँचजनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निस्शुल्क स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निस्शुल्क हुने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारले सूचीकृत अस्पताल, स्वास्थ्य संस्थाबाट एक हजार ११८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया