युक्रेनी हमलामा ४० युद्धबन्दीको मृत्यु

काठमाडौँ । रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ ।
मन्त्रालयले ४० युक्रेनी युद्धबन्दी मारिएको र अन्य ७५ जना घाइते भएको बताएको छ । साथै, पूर्व परीक्षण हिरासत केन्द्रका आठ कर्मचारी पनि सो आक्रमणमा गम्भीर घाइते भएको स्पुतनिकले मन्त्रालयलाई उद्धृत जनाएको छ । मन्त्रालयले आक्रमण आत्म समर्पण गर्ने सोच बनाएका युक्रेनी सैनिकलाई भयभीत पार्ने उद्देश्यले गरेको उत्तेजक उत्तेजना भनेको छ ।
त्यसैगरी युक्रेनले भर्खरै खेरसनस्थित एक महत्त्वपूर्ण पुलमा आक्रमण गरी यातायात बन्द गरेको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको खेर्सन क्षेत्रमामा रहेको सो पुल पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एन्टोनिभस्की पुल नदीको किनारमा खेरसनको महत्त्वपूर्ण शहर हो । रुसले नियन्त्रणमा लिएपछि नियुक्त नगर प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले रुसको आरआईए समाचार एजेन्सीलाई बताएअनुसार आक्रमणपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ ।
युक्रेन र रुस अनाज आपूर्ति सम्झौतामा सहमत भएको एक दिन पछि सो आक्रमण भएको हो । पछिल्ला हप्तामा पश्चिमी देशहरूबाट आपूर्ति गरिएको लामो दूरीको तोपखानाको प्राप्तिसँगै उत्साहित युक्रेनी सेनाले रुसद्वारा नियन्त्रित दक्षिणी खेरसन क्षेत्र फिर्ता गर्न संघर्ष गरिरहेको छ ।

















वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया