बिजुली बिक्रीबाट आम्दानी वृद्धि भएपछि आँखुखोलाको नाफा बढ्यो

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २२५८.५ धेरै हो । अघिल्लो वर्ष यसले १० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढोत्तरी भएसँगै नाफा बढेको छ । अघिल्लो वर्ष १९ करोड ३५ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९ लाख ३१ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ७ लाख ९३ हजार रुपैयाँ भएको छ । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १० पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया