जनार्दन शर्माले पदभार ग्रहण गर्दा अर्थसचिव अनुपस्थित
मेरोन्यूज
२०७९ साउन १५ गते १८:४७

काठमाडौँ । अर्थमन्त्रीको सपथ लिएसँगै जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि शर्मा अर्थमन्त्रालय पुगेका थिए ।
मन्त्री शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी अनुपस्थित भएका थिए ।
आर्थिक वर्ष २०७९–८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपसँगै उनले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय समिति गठन भएको थियो ।
संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको पुष्टि गर्न नसकेपछि उनी पुनः अर्थमन्त्री नियुक्ति भएका हुन् । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्री बनाएको हो ।
सम्बन्धित
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया