नौ महिनासम्म रोकिएको खाद्यान्न हुम्लाको लिमि पुग्यो

हुम्ला । चीन सरकारले अनुदान सहयोग दिएको तर हिमपातका कारण नौ महिनासम्म हिल्सामा रोकिएको खाद्यान्न अन्ततस् नाम्खा गाउँपालिकाको लिमीमा पुगेको छ ।
चीन सरकारले अनुदान स्वरुप दिएको उक्त ठूलो परिमाणका खाद्यान्न नारा लेकमा नौ महिना अघि नै पुगेको भए पनि बाटोका कारण रोकिएको र हाल न्यालुुको सडक मर्मत गरिएपछि भने गाडीमार्फत सो खाद्यन्नलाई लिमी पुर्याइएको हो ।
नाम्खा–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार गत मङ्सिर महिनाबाट उक्त खाधान्न हिल्सामा नै रोकिएको थियो, जसलाई बाटो नभएका कारण हिल्सामा नै गोदाम बनाएर भण्डारण गर्नू परेको थियो । वाटो मर्मत भएलगत्तै गाडीमार्फत १ हजार १ सय बोरा खाद्यान्न भने हिल्साबाट सल्ली, न्यालुु हुँदै लिमीमा पुगिसकेको छ । यसरी पुगेको सो उक्त खाद्यान्न लिमीका २ सय १२ घरधुरीलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
गत मंशिरमा नै आएको तर हिमपातका कारण हिल्सा रोकिएको भएपनि त्यस मध्येका केही मात्राको खाद्यान्न भने यसअघि नै हेलिकोप्टरबाट ढुवानी गरेर आपूर्ति गरिएको थियो । बाटो मर्मत भए लगत्तै अब भने यसरी अनुदानमा आएका सबै खाद्यान्न लिमि पुर्याईनेछ ।














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया